Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पश्चिमी वायुको प्रभाव : आज यी क्षेत्रमा हिमपात हुने

    पश्चिमी वायुको प्रभाव : आज यी क्षेत्रमा हिमपात हुने

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। देशमा पश्चिमी वायु  प्रणालीको आंशिक प्रभाव रहेको छ । दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । प्रदेश १, बागमती र गण्डकीका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    राति सुदूरपश्चिम तथा अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।



    शुक्रबार पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार