Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

हङकङमा रहेको तिआनानमेन स्क्वायर नरसंहारको सम्झनामा स्थापित मूर्ति हटाइयो

एजेन्सी। चीनको बेइजिङस्थित तिआनानमेन स्क्वायरमा भएको नरसंहारको सम्झनामा युनिभर्सिटी अफ हङकङमा स्थापना गरिएको एउटा प्रख्यात प्रतिमा हटाइएको छ।

आठ फिट अग्लो तामाको उक्त प्रतिमा हटाउनका लागि प्लास्टिकले उक्त क्षेत्र छोपेर रातभर कामदारहरू खटिएका थिए।

'द पीलर अफ सेमु भनिने उक्त मूर्तिमा सन् १९८९मा चिनियाँ अधिकारीहरूले हत्या गरेका प्रजातन्त्र पक्षधर समर्थकहरूको सम्झनामा लासको थुप्रो देखाइएको छ। विश्वविद्यालयले गत अक्टोबर महिनामा उक्त मूर्ति हटाउन निर्देशन दिएको थियो।

विश्वविद्यालयले के भन्यो ?
अधिकारीहरूले बुधवार त्यो मूर्ति हटाउने निर्णय गरेको युनिभर्सिटी अफ हङकङले जनाएको छ।

'विश्वविद्यालयको सर्वोत्तम हितको लागि पुरानो मूर्तिबारे निर्णय बाहिरी कानुनी सल्लाह र जोखिम मूल्याङ्कनमा आधारित थियो,' एक विज्ञप्तिमा भनिएको छ।

'विश्वविद्यालय कमजोर मूर्तिबाट उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा समस्याहरूको बारेमा पनि निकै चिन्तित छ।'डेनमार्कका मूर्तिकारले बनाएको सो प्रतिमा उक्त विश्वविद्यालयमा २४ वर्षदेखि राखिएको थियो।

कसरी हटाइयो ?
विश्वविद्यालयका अधिकारीहरूले मूर्ति स्थापना गरिएको क्षेत्रलाई प्लास्टिकले बारेसँगै बुधवार अबेर उक्त प्रतिमा हटाउन लागिएको पहिलो सङ्केत प्राप्त भएको थियो।

सुरक्षामा खटिएका कर्मचारीहरूले सञ्चारकर्मीहरूलाई उक्त स्थानसम्म पुग्नमा रोक लगाएका थिए र त्यो दृश्य कैद गर्नमा पनि रोक लगाउने प्रयास गरेका थिए।

विश्वविद्यालयले त्यो मूर्ति आफ्नो गोदाममा राख्ने जनाएको छ।

सन् १९८९ मा बेइजिङको तिआनानमेन स्क्वायरमा चिनियाँ सुरक्षा फौजले सयौँ प्रदर्शनकारीहरूको हत्या गरेका थिए। बिबिसी 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077