Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

धार्मिक सामग्री फैलाउने विदेशी अनलाइनहरुमाथि चीनले लगायो प्रतिबन्ध

काठमाडौँ । चीनले धार्मिक सामग्री फैलाउने विदेशी संघसंस्था र व्यक्तिमाथि नयाँ नियम जारी गरेको छ । जसअन्तर्गत सबै विदेशी संस्था वा व्यक्तिहरूको राष्ट्रिय सुरक्षा हितलाई उद्धृत गर्दै देशमा धार्मिक सामग्री अनलाइन फैलाउन प्रतिबन्ध लगाइएको बताइएको छ।

हङकङमा आधारित साउथ चाइना मर्निङ पोस्टले नयाँ नियमलाई उद्धृत गर्दै चीनको धार्मिक नियामक निकायबाट इजाजतपत्र नभएसम्म कुनै पनि संस्था वा व्यक्तिलाई इन्टरनेटमा धार्मिक समारोहका बारेमा जानकारी प्रवाह गर्न अनुमति नदिइएको हो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनलाई अनलाइन धार्मिक मामिलाहरूको व्यवस्थापनलाई सुदृढ गर्न आह्वान गरेको दुई सातापछि यस्तो नियम लागू भएको समाचारमा उल्लेख छ।

डिसेम्बर ४ मा धार्मिक मामिलासम्बन्धी कार्यको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चिनियाँ सन्दर्भमा धर्मको विकास गर्ने सिद्धान्तलाई समर्थन गर्ने र समाजवादी समाजमा धर्महरूको अनुकूलनका लागि सक्रिय मार्गदर्शन उपलब्ध गराउने कुरामा जोड दिएका थिए ।

चीनको आन्तरिक सुरक्षाका लागि समेत सरकारले यस निर्णय गरेको दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077