Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • तेलुगू फिल्ममा आँचलको डेब्यु

    तेलुगू फिल्ममा आँचलको डेब्यु

    अनलाइन नेपाल
  • शनिबार, १० पुष २०७८
  • 1.6K
    SHARES

    एजेन्सी। अभिनेत्री आँचल शर्माले  दक्षिण भारतीय (साउथ) फिल्म डेब्यु गर्ने भएकी छिन् ।

    विष्णुको निर्देशनमा  निर्माण हुन लागेको  तेलुगू फिल्म ‘हिटम्यान’ मा उनी देखिने भएकी हुन् । ‘हिटम्यान’ मा आफ्नो अभिनय रहेको आँचलले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएकी हुन् ।



    केही दिन अगाडि सो फिल्मको पोखरा र काठमाडौमा पनि १५ दिनसम्म छायाङ्कन भएको थियो ।  फिल्ममा उनको अपोजिटमा नेपाली मुलका तेलुगू कलाकार विष्णु अधिकारी छन् ।



    फिल्मको १० प्रतिशत मात्र छायाङ्कन बाँकी रहेको र त्यो भारतको हैदरावादमा हुनेछ । नेपाल र भारत दुवै देशमा रिलिज हुने बताइएको फिल्मको कथा नै नेपाल र भारतसँग जोडिएको छ ।

    फिल्ममा नेपालको पार्टमा विष्णुको जोडीको रुपमा आँचल देखिनेछिन् भने भारतको पार्टमा अदिती शर्मा छिन् । हैदरावादमा हुने फिल्मको प्रिमियरमा आफू पनि सहभागी हुने आँचलले बताएकी छन् । फिल्म आउँदो मार्चमा रिलिज हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार