Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवाको तीनदिने भारत भ्रमणको तयारी सुरु

    प्रधानमन्त्री देउवाको तीनदिने भारत भ्रमणको तयारी सुरु

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री भएपछि छिमेकी मुलुक भारतको पहिलो तीनदिने भ्रमण गर्न लागेका छन्।

    प्रधानमन्त्री देउवाको भ्रमणका लागि सरकारले गृहकार्य सुरु गरेको छ । देउवा प्रधानमन्त्री भएपछिको यो दोस्रो विदेश भ्रमण हुनेछ । पहिलो भ्रमण जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत कात्तिकमा बेलायत पुगेका थिए ।



    प्रधानमन्त्री देउवालाई भारत सरकारले गुजरातको गान्धी नगरमा यही पुस २६ गतेदेखि २८ मा हुने भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा भाग लिन निम्तो पठाएपछि सरकारले देउवाको भ्रमण तयारी गर्न थालेको हो । प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले भने, “भारतीय प्रधानमन्त्रीको निम्तो प्राप्त भएको छ ।



    त्यसअनुसार भ्रमणको आवश्यक गृहकार्य भइरहेको छ ।” कोभिडको पछिल्लो भेरियन्टको भारतमा प्रभाव बढ्दै गइरहेको बेला भ्रमण के हुने भन्ने अन्तिम टुङ्गो भने लागिनसकेको बताइएको छ । भ्रमण हुने निश्चित भएमा यही पुस २५ गते प्रधानमन्त्री देउवा भारत जानेछन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार