Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पम्फा भुसालको स्वागत मन्तव्य: 'समाजवाद उन्मुख समाजको निर्माण, आठौँ महाधिवेशनको मुख्य उद्देश्य'

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य एवं ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले समाजवाद उन्मुख समाजको निर्माण गर्ने आधार तयार गर्नु नै पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको मुख्य उद्देश्य हुने प्रस्ट पारेकी छन् ।

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै उनले समाजवाद उन्मुख समाज निर्माण गर्ने राजनीतिक र वैचारिक आधार निर्माण गर्नका लागि जारी महाधिवेशन महत्त्वपूर्ण हुने बताइन् ।

पार्टीको राजनीतिक विचारधारा नयाँ तय गर्ने, संगठनलाई नयाँ रूप दिने र देशलाई पनि एउटा नयाँ बाटो लैजानका लागि महाधिवेशन केन्द्रित हुने भुसालको भनाइ थियो ।

पार्टीको राष्ट्रिय सम्मेलन भनेर आफूहरूले तयारी गरेर वडादेखि पालिका, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि चयन गरेको नेतृ भुसालको भनाइ छ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा,  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, नेकपा मालेका महासचिव सीपी मैनाली, राप्रपा महामन्त्री कुन्तीसहितका नेताहरूको उपस्थिति रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077