Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१४ बर्षिया बालिका बलात्कारको अभियोगमा बूढानीलकण्ठबाट रसुवाका लाक्पा पक्राउ

काठमाडौँ । प्रहरीले चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रसुवा पाटीखर्क घर भइ राजधानीको बूढानीलकण्ठ नगरपालिका-२ चपली डेरा गरी बस्ने २१ वर्षीय लाक्पा ग्यावा रहेका छन् । लाक्पालाई सोही नगरपालिका-४ पासिकोटबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ती किशोरीलाई डेरातर्फ जाँदै गरेको अवस्थामा शनिबार राति लाक्पाले घरेलु मदिरा सेवन गराई कोठामा लगेर जबरजस्ती करणी गरेको पीडित युवतीको भनाइ छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077