Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

फिनल्याण्ड पठाईदिन्छु भन्दै लाखौं ठगी गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले फिनल्याण्ड पठाईदिन्छु भन्दै लाखौं ठगी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम जिल्ला माईजोकमाई गाउपालिका- २ खोलागाउँ घर भई काठमाडौँ  चावहिल बस्ने २९ बर्षीय अमित थामी रहेका छन्। थामीलाई  गौरीघाटबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पक्राउ परेका थामीले सामाजिक सञ्जाल फेसबुकमा बिनोद तामाङको नामको प्रोफाईलमा फिनल्याण्डमा वैदेशिक रोजगारीको अवसर भन्दै विज्ञापन पोस्ट गरेका थिए । थामीको ठेगानामा पीडितले बैदेशिक रोजगारको प्रलोभनमा पटक पटक गर्दै एक्काइस लाख जम्मा गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाको भनाइ छ।

पीडितका अनुसार थामीले पैसा लिएपश्चात सम्पर्कविहिन भएपछिको उजुरीका आधारमा महाशाखाबाट खटिएको टोलीले गत शुक्रबार गौरीघाटबाट उनलाई पक्राउ गरेको हो।

थामीलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077