Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बलिउड गायिका असीस कौरको काठमाडौको क्लब प्लेटिनममा कन्सर्ट

    बलिउड गायिका असीस कौरको काठमाडौको क्लब प्लेटिनममा कन्सर्ट

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।

    फेलिज इन्टरनेशनल इभेन्टले कन्सर्टले  जनवरी ८ मा दरबारमार्गमा रहेको क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट विथ असीस कौर’ कन्सर्टका लागि उनी नेपाल आउने भएकी हुन् ।



    नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने र सँगै नाच्ने चाहना पुरा गर्न कार्यक्रम आयोजना गर्न लागेको आयोजक संस्थाका सिइयो शाहिल खानले बताए ।



    कार्यक्रममा आसीस कौरका अलवा नेपाली गायक याबेश थापाको समेत धमाकेदार प्रस्तुति रहनेछ । आसीस कौरको पछिल्लो समय ‘राता लम्बिया’ गीत निकै हिट रहेको छ ।

    कौरले इन्डियन आइडल, आवाज पञ्जाब दी लगायतका विभिन्न गायन रियालिटी शोमा भाग लिएकी थिइन् । सन् २०२० मा खुदा हाफिज फिल्मको ‘जान बन गए’ बोलको गीतले उनलाई चर्चा दिलाएको थियो ।’

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार