Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सर्पसँगको फोटोसुट गर्दा गायिका मेटालाई चिउडोमा टोकेपछि…

    सर्पसँगको फोटोसुट गर्दा गायिका मेटालाई चिउडोमा टोकेपछि…

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 1.2K
    SHARES

    एजेन्सी। सर्पसँगको फोटोसुट गर्दा गायिका मेटालाई चिउडोमा टोकेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    उनले सामाजिक सञ्जालमा ‘फेरि कहिल्यै हुँदैन’ क्याप्सन लेखेर भिडियो पोस्ट गरेकी छन् । भिडियोमा उनी सर्पसँग फोटोसुटमा व्यस्त छिन् ।



    त्यही बीचमा कालो रंगको सर्पले उनको चिउडोमा टोक्छ । सर्पको टोकाईका कारण डराएकी मेटाले तुरुन्तै सर्पलाई फ्याक्छिन् ।



    गायिका फोटोसुटका लागि भुइँमा सुतेकी थिइन् । त्यही बेला उनको शरीरमाथि केही सर्पहरु देखिए ।

    गायिकाले कालो रंगको लेस लगाएकी थिइन् । त्यहाँ सेतो रंगको सर्प राख्दा त्यहाँ पहिले नै रहेको कालो रंगको सर्पले सेतो सर्पलाई टोक्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार