Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ब्राजिलमा भारी वर्षा: २० जनाको मृत्यु, पाँच लाख मानिसहरु प्रभावित

    ब्राजिलमा भारी वर्षा: २० जनाको मृत्यु, पाँच लाख मानिसहरु प्रभावित

    अनलाइन नेपाल
  • मंगलबार, १३ पुष २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । ब्राजिलमा भारी वर्षा जारी रहेको छ । सो वर्षाबाट सोमबारसम्ममा २० जनाको ज्यान गएको बताइएको छ ।

    ब्राजिलको उत्तरपूर्वी बाहियामा सो वर्षाको प्रभाव बढी देखिएको छ । सो राज्यमा आएको वर्षाका कारण भौतिक क्षति पनि पुगेको छ ।



    यहाँको प्रकोप नियन्त्रण निकायले सोमबारसम्म सो वर्षाबाट कम्तीमा पनि २० जनाको ज्यान गएको छ भने अरु ३५८ जना घाइते भएका जनाएको छ ।



    वर्षापछिको बाढीका कारण उनीहरु घाइते भएका हुन् । सो वर्षाबाट करिब पाँच लाख नागरिक नराम्ररी प्रभावित भएका बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार