Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विप्लवलाई माधव नेपालको सुझाव- विचार परिवर्तन गर्नुहोस्, क्रान्ति सम्भव छ

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहलाई विचार र चिन्तन परिवर्तन गर्न सुझाव दिएको बताएका छन् ।

मंगलबार राष्ट्रियसभा गृहमा आयोजित नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफूले विप्लव समूहका नेतालाई विचार र चिन्तनमा परिवर्तन गरे मात्रै क्रान्तिको सम्भव रहेको सुझाव दिएको बताए ।

‘मैले केही दिनअघि विप्लवका केही नेताहरुलाई भनेका थिए–तपाईंहरुको विचार र चिन्तन परिवर्तन गर्नुहोस्,’ कार्यक्रममा अध्यक्ष नेपालले भने, अनि मात्र क्रान्ति सम्भव छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077