Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माओवादी महाधिवेशनमा प्रचण्डलाई हरिबोलको प्रश्न- बाबुरामलाई अध्यक्ष बनाएको भए के हुन्थ्यो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेलले डा. बाबुराम भट्टराईलाई पार्टी अध्यक्ष बनाउने अध्यक्ष प्रचण्डको तत्कालीन सोच दूरदर्शी रहेको बताएका छन् ।

पार्टीको जारी आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डको मूल दस्तावेजमाथि १९ बुँदे सुझाव राख्दै शुक्रबार नेता गजुरेलले यस्तो बताएका हुन् ।

‘तत्कालीन एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठकमा डा.बाबुराम भट्टराईलाई अध्यक्ष बनाउने नेतृत्वको सोच दूरदर्शी थियो,’ सुझावमा नेता गजुरेलले लेखेका छन्, ‘यो अभ्यासमा जान पार्टीपंक्ति तयार नभएपछि अध्यक्ष ब्याक हुनुभएको हुनुपर्छ ।’

नेता गजुरेलले अध्यक्ष प्रचण्डको सोचअनुसारको उक्त प्रयोग (बाबुराम भट्टराईलाई अध्यक्ष बनाउने) कस्तो हुन्थ्यो भन्ने विषय दस्तावेजमा समावेश गर्नुपर्ने पनि बताएका छन् । ‘यो नयाँ प्रयोग कस्तो हुन्थ्यो, अध्यक्षले यो विषय छुवाउँदा राम्रो होला’ गजुरेल लेख्छन्।

आइतबारदेखि सुरु भएको महाधिवेशनमा आज छैटौंदिन पार्टी अध्यक्ष प्रचण्डले  प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिने छन् । गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

माओवादीको बन्दसत्रमा आज अपराह्न १ बजेबाट सुरु हुनेछ । बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ । त्यसपछि विधान संशोधन मस्यौदामाथि उठेका प्रश्नको जवाफ गुरुङले दिने र प्रचण्डले आफ्नो दस्ताबेजमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

प्रचण्डको जवाफसँगै राजनीतिक प्रतिवेदन पारित हुनेछ । त्यसपछि केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077