Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

शेरधन राईले राजीनामा दिएको ४ महिनापछि फिर्ता गरे सरकारी गाडी

विराटनगर। प्रदेश १ पूर्वमुख्यमन्त्री शेरधन राईले पदमुक्त भएको चार महिनापछि मात्र सरकारी गाडी फिर्ता गरेका छन् ।

चार महिना अघि मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवासुविधा उपभोग गर्दै आएका राईको तीव्र आलोचना भएपछि उनले अहिले आएर गाडी फिर्ता गरेका हुन् ।

उनले काठमाडौंमा गाडी फिर्ता गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुष्टि गरे । 'गाडी लिन आउनुहोस् भनेर माननियज्यूले फोन गर्नुभयो,' दाहालले भने, 'मन्त्रालयबाट ड्राइभर पठाएर अब गाडी ल्याउने तयारी भइरहेको छ ।'राईले गत भदौमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

उनले को१झ ५६५ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077