Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सहमतिका लागि केशिस गर्छौ, नभए निर्वाचनमा जान्छौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति र पदाधिकारी चयनमा सहमति नभए निर्वाचनमा जाने बताएका छन् ।

शनिबार महाधिवेशन बन्दसत्रमा सम्बोधन गर्दै उनले सहमतिका लागि कोशिस गर्ने तर सहमति नभएमा लोकतान्त्रिक अभ्यास कुण्ठित नगर्ने बताएका हुन् ।

बन्दसत्रमा अध्यक्ष दाहालले सबैको कोशिस सहमति होस् भन्ने नै भएतापनि लोकतान्त्रिक अभ्यास वा जनवादी अभ्यास कुण्ठित गर्ने ढंगले आफू अघि नबढ्ने बताए ।

उनका अनुसार केन्द्रीय समिति र पदाधिकारीमा सहमति जुटाउनका लागि अध्यक्ष मण्डललाई ५ बजेसम्मको समय दिइएको छ । त्यसपछि सहमति नभए निर्वाचन समितिले प्रक्रिया अघि बढाउने प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077