Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि पहल भइरहेको छ: महामन्त्री बुर्लाकोटी

गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि पहल भइरहेको छ: महामन्त्री बुर्लाकोटी

आइतवार , जेठ २४, २०८३

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले विकास निर्माणका सवालमा सबै राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

पार्टी संसदीय दलका मुख्य सचेतक समेत रहेका बुर्लाकोटीले आज रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै देश विकास र सुशासनको पक्षमा सरकारले निरन्तर काम गर्ने बताएका हुन् ।

उनले जनताबाट प्राप्त मतलाई प्रतिपक्ष वा प्रतिस्पर्धी दलसँग विवादमा जाने उद्देश्यका रूपमा बुझ्न नहुने स्पष्ट पारे। 

महामन्त्री बुर्लाकोटीले भने- 'रास्वपालाई जनताले दिएको मत अरू पार्टीसँग पंगा खेल्न होइन । सबै मिलेर काम गर्‍यौँ भने मात्र राम्रो नतिजा ल्याउन सकिन्छ।' 

उनका अनुसार सबै राजनीतिक शक्ति मिलेर अघि बढे मात्र प्रभावकारी नतिजा हासिल गर्न सकिनेछ।

यसैबीच महामन्त्री बुर्लाकोटीले गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि पहल भइरहेको जानकारी दिँदै अर्थ मन्त्रालयसँग पटक-पटक छलफल भएको बताए। उनका अनुसार उद्योग सञ्चालन निजी क्षेत्रको सहभागितासहित वा सरकारी–निजी साझेदारीमार्फत गर्न सकिने सम्भावना रहेको छ।

महामन्त्री बुर्लाकोटीले थप भने- 'गोरखकाली रवर उद्योगमा निजी क्षेत्रले लगानी गरेर अघि बढ्न सक्ने सम्भावना प्रवल छ । सरकारले चलाए पनि निजी क्षेत्रले चलाए पनि सबै गाडीमा गोरखकाली रवर उद्योगको टायर हालेर गाडी गुडेको देख्न पाउनुपर्छ ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077