Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • रुपन्देहीबाट ७ ग्राम ५४० मिलिग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

    रुपन्देहीबाट ७ ग्राम ५४० मिलिग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । प्रहरीले रुपन्देहीको देवदह नगरपालिका–२ ढेकारबाट ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ओमसतिया गाउँपालिका–६ घर भएका ३७ वर्षीय वर्मानन्ध धरिकार र भारत घर भएका ३८ वर्षीय अर्जुन सहनी छन् ।



    लु५५ प २२०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई ईलाका प्रहरी कार्यालय बुटवल र प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरुको साथबाट ७ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार