Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

इन्स्पेक्टरको कार्यकक्षभित्र छिरेर अश्लील बोल्ने रिमाल प्रहरी खोरमा

पर्वत। जिल्ला प्रहरी कार्यालय पर्बतले प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कुश्मा नगरपालिका-१२ बस्ने ४६ वर्षीय झलकप्रसाद रिमाल रहेका छन् । रिमाललाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रिमालले जिल्ला प्रहरी कार्यालय पर्बतस्थित प्रहरी निरीक्षक (इन्स्पेक्टर)को कार्यकक्षभित्र छिरेर प्रहरी कर्मचारीहरुलाई अश्लिल शब्द प्रयोग गरी गालिगलौज गर्नुको साथै अभद्र ब्यवहार गरेका थिए।

उनीमाथि अभद्र ब्यवहार सम्बन्धी मुद्धामा जिल्ला प्रशासन कार्यालय पर्वतबाट १० दिन म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको पर्वत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077