Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धादिङको थाक्रेमा गुडिरहेको जिप सडकबाट खस्यो, सेनाले गर्‍याे चार जनाको उद्धार

धादिङ । पृथ्वी राजमार्गस्थित धादिङको थाक्रेमा जिप दुर्घटना भएको छ।

स्थानीयका अनुसार मंगलबार बिहान धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा उक्त जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परेको जिप सडकबाट तल खोल्सामा खसेको बताइएको छ भने नेपाली सेनाले घटनास्थलबाट चार जनाको उद्धार गरेको छ ।

मंगलबार बिहान सोही समयमा तनहुँबाट नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डाको फौज काठमाडौं जाँदै गरेको थियो।

अहिले घटनास्थलमा स्थानीय, प्रहरी चौकी धार्केसहितको टोलीले उद्धार गरिरहेका छन्।

घटनाको थप विवरण आउँदै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077