Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोनाविरुद्धको ‘बुस्टर’ खोप लगाउने कार्यक्रम स्थगित

    कोरोनाविरुद्धको ‘बुस्टर’ खोप लगाउने कार्यक्रम स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, २० पुष २०७८
  • 996
    SHARES

    फाइल तस्विर

    काठमाडौं । लक्षित वर्गका रुपमा दिर्घरोगी, ज्येष्ठ नागरिकहरूलाई दिइने भनिएको खोप कार्यक्रम स्थगित गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले आज प्रेस विज्ञप्ति जारी गर्दै थप प्राविधिक विषयमा छलफल तथा तयारी आवश्यक रहेकोले हाललाई कोरोना विरुद्धको खोपको थप मात्रा दिने कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।



    लक्षित वर्ग बाहेक कोरोना विरुद्धका नियमित खोप अभियानका कार्यक्रम भने सञ्चालनमा रहेको प्रवक्ता डा. मिश्राले बताए ।



    सरकारले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई आजदेखि बुस्टर डोज खोप दिने सूचना हिजो निकालेको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार