Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उच्चस्तरीय संयन्त्रको बैठक: राष्ट्रिय सभामा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपील

काठमाडौं । सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रको बैठकले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिल गरेको छ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त संयन्त्रको बैठकले आगामी माग १२ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनबारे यस्तो अपिल गरेको हो।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलगायतका विषयमा समेत छलफल भइएको थियो।

बैठकले प्रधानमन्त्री देउवालाई भारत भ्रमणको शुभकामना समेत दिएको छ । यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने संयन्त्रले विश्वास व्यक्त गरेको पनि कार्कीको भनाइ छ।

यस्तै, बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभामा गर्दै आएको अवरोध अन्त्यका विषयमा पनि छलफल भएको छ । यसअघि यसै बिषयमा बुधबार बेलुका संयन्त्रका निर्देशक एवं कांग्रेस नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077