Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमा ओमिक्रोनको त्रास: देउवा सहभागी हुने भनिएको 'भाइब्रेन्ट गुजरात समिट' स्थगित

काठमाडौं । पछिल्लो समय भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीब्र रुपमा फैलिरहेको छ । ओमिक्रोनकै कारण भारतमा बिहीबार बिहान एक जनाको मृत्यु पनि भइसकेको छ।  जसका कारण गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना गरिएको 'भाइब्रेन्ट गुजरात समिट' स्थगित भएको छ । भारतीय सञ्चार माध्यम एएनआईले ओमिक्रोन भेरियन्टका कारण गुजरात सरकारले समिट स्थगित गरेको उल्लेख गरेको छ । उक्त समिटमा भाग लिन पुस २५ गते प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम तय भएको थियो । गुजरातलगायतका जिल्लाहरुमा ओमिक्रोन बढेपछि भारतीय राष्ट्रिय कांग्रेससहितका विपक्षी दलले उक्त समिट रोक्न माग समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077