Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • भारतमा ओमिक्रोनको त्रास: देउवा सहभागी हुने भनिएको ‘भाइब्रेन्ट गुजरात समिट’ स्थगित

    भारतमा ओमिक्रोनको त्रास: देउवा सहभागी हुने भनिएको ‘भाइब्रेन्ट गुजरात समिट’ स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, २२ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । पछिल्लो समय भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीब्र रुपमा फैलिरहेको छ ।

    ओमिक्रोनकै कारण भारतमा बिहीबार बिहान एक जनाको मृत्यु पनि भइसकेको छ।  जसका कारण गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना गरिएको ‘भाइब्रेन्ट गुजरात समिट’ स्थगित भएको छ ।



    भारतीय सञ्चार माध्यम एएनआईले ओमिक्रोन भेरियन्टका कारण गुजरात सरकारले समिट स्थगित गरेको उल्लेख गरेको छ । उक्त समिटमा भाग लिन पुस २५ गते प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम तय भएको थियो ।



    गुजरातलगायतका जिल्लाहरुमा ओमिक्रोन बढेपछि भारतीय राष्ट्रिय कांग्रेससहितका विपक्षी दलले उक्त समिट रोक्न माग समेत गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    One response to “भारतमा ओमिक्रोनको त्रास: देउवा सहभागी हुने भनिएको ‘भाइब्रेन्ट गुजरात समिट’ स्थगित”

    1. […] अनुसार भारतको गुजरातमा हुने भनिएको भ्राइब्रेन्ट गुजरात समिट स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत […]

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार