Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मकवानपुरबाट ४५ किलो लागूऔषध गाँजासहित दुई जना पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ४५ किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा मकवानपुर राक्सिराङ- २ का ४२ बर्षीयभक्त बहादुर थापा मगर र मकवानपुर मनहरी गा.पा -५ का ४१ बर्षीय हिरालाल गुरुङ्ग रहेका छन्।

बिहीबार दिउँसो  मनहरी गाउँपालिका वडा नम्बर-९स्थित पूर्व-पश्चिम लोकमार्गबाट मगर र गुरुङलाई ४५  किलो गाँजासहित पक्राउ गरेको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

विशेष सूचनाको आधारमा प्रहरीले चेक जाँच गर्दा उनीहरुको साथबाट उक्त परिमाणको गाँजा भेटिएको प्रहरीको भनाइ छ।

पक्राउ परेका उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077