Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सीमामा सशस्त्र प्रहरीको कडाइ: स्रोत नखुलेको ३८ लाख नगदसहित धनुषाका यादव पक्राउ

रामनारायण यादव / जनकपुरधाम । सशस्त्र प्रहरीले धनुषाबाट स्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्वर १ सिनुरजोडा बस्ने २३ वर्षीय अमित कुमार यादव रहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले रकमसहित बिहीबार उनलाई पक्राउ गरेको हो।

भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा धनुषाको नगराइन नगरपालिका वडा नम्वर २ स्थितबाट यादवलाई स्रोत नखुलेको सो परिमाणको रकमसहित पक्राउ गरेको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी गणेश ठाडाले जानकारी दिए ।

प्रदेश २,०२,०० १ प ०४८०८ नम्बरको अपाचे मोटरसाइकलको ट्यांकी भित्र लुकाएर ल्याउँदै गरेको नगद विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको हो ।

ट्यांकी भित्र चेकजाँच गर्दा यादवसंग स्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँ बरामद भएको डिआइजी ठाडाले बताए ।

पक्रउ परेका यादवमाथि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077