Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चीनमाथि गरिब देशहरूलाई तिर्नै नसक्ने गरी ऋणको जालमा फसाएको आरोप

एजेन्सी । धेरै गरिब देशहरूलाई ऋण दिने आफ्नो तरिकाको लागि चीनले धेरै आलोचनाको सामना गरेको छ । चीनमाथि गरिब देशहरूलाई ऋणको जालमा फसाएको आरोप समेत लागेको छ ।

ऋण तिर्न गाह्रो हुने गरी चीनले उनीहरुलाई फसाएको बताइएको छ । यसपछि ऋणी राष्ट्रहरू दबाबमा आएर झुक्न थालेको बीबीसी हिन्दीले जनाएको  छ। तर, चीनले यी आरोपहरूलाई कडाइका साथ अस्वीकार गर्दै आएको छ। कतिपय पश्चिमा देशले आफ्नो छविलाई ध्वस्त पार्न यस्ता कथा रचिरहेको चीनको भनाइ छ ।

पछिल्लो समय न्यून र मध्यम आय भएका देशहरूले लिने ऋण विगत दशकमा तीन गुणा बढेको छ । सन् २०२० को अन्त्यसम्ममा यो रकम बढेर १७० अर्ब डलर पुगेको थियो । तर, यी तथ्याङ्क पूर्ण छैनन् ।

चीनले थप ऋण दिने वाचा गरेको छ । अमेरिकाको विलियम एण्ड मेरी युनिभर्सिटीमा रहेको इन्टरनेशनल डेभलपमेन्ट अर्गनाइजेसन एडाटाको अनुसन्धानका अनुसार चीनले विकासोन्मुख देशहरूलाई दिएको ऋणको आधा रकम आधिकारिक तथ्यांकमा उल्लेख छैन।

यस्तो तथ्यांक सरकारी बजेटमा देखाइएको छैन । यो प्रत्यक्ष रूपमा सरकारी कम्पनी, बैंक, सरकारी संयुक्त उद्यम र निजी संस्थाहरूको खातामा जम्मा हुन्छ। यसको अर्थ चिनियाँ सरकारले कुनै पनि सरकारलाई सीधै ऋण दिइरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077