Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ‘बाहुबली’का कटप्पा सत्यराजमा कोरोनाको गम्भीर लक्षण फेला, अस्पताल भर्ना

    ‘बाहुबली’का कटप्पा सत्यराजमा कोरोनाको गम्भीर लक्षण फेला, अस्पताल भर्ना

    अनलाइन नेपाल
  • आइतबार, २५ पुष २०७८
  • 1.8K
    SHARES

    नयाँ दिल्ली । पछिल्लो समय भारतभर कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढिरहेको छ । जसका कारण सर्वसाधारणदेखि  बलिउड स्टारहरू पनि संक्रमित भएका छन् । कोरोनाकै कारण  कैयौं ठूला कलाकारहरु संक्रमणको चपेटामा परेको लगातार खबरहरु आइरहेका छन् । यस्तो अवस्थामा केही समय अगाडि फिल्म ‘बाहुबली’मा साउथ इन्डस्ट्रीका चर्चित दिग्गज अभिनेता सत्यराज कटप्पाको नामबाट कोभिड पोजिटिभ भएको खबर पनि बाहिर आएको थियो । तर अहिले उनको स्वास्थ्य बिग्रिएको खबर आएको छ ।

    भारतीय संचारमाध्यम जी न्युजका अनुसार एक सुटिङका ​​क्रममा सत्यराजलाई कोरोना संक्रमण भएको थियो तर उनी सामान्य नै थिए । रिपोर्ट आएपछि उनी होम आइसोलेसनमा थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई चेन्नईको एक निजी अस्पतालमा भर्ना गरिएको बताइएको छ । केही दिनअघि हल्का लक्षण देखिएपछि उनको कोभिड परीक्षण गरिएको थियो । त्यसपछि उनी कोरोना संक्रमित भेटिए । उनको स्वास्थ्यमा सुधार नआएपछि जनवरी ७ शुक्रबार साँझ उपचारका लागि अस्पताल भर्ना गरिएको समाचारमा जनाइएको छ ।



    सत्यराजको स्वास्थ्यबारे आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन तर रिपोर्टलाई विश्वास गर्ने हो भने उनमा कोरोनाको गम्भीर लक्षण देखिएको छ । जसका कारण स्वास्थ्यमा सुधार नआएपछि उनलाई अस्पताल लगिएको हो ।



    सत्यराजलाई तमिल फिल्मका सुपरस्टार भनिन्छ । उनले आफ्नो फिल्मी करियर सन् १९७८ मा सुरु गरेका थिए । त्यसपछि उनले धेरै फिल्ममा काम गरे तर फिल्म ‘बाहुबली’ मा कटप्पाको भूमिकाले उनलाई देशभर लोकप्रिय बनाएको थियो । फिल्म ‘चेन्नई एक्सप्रेस’ मा अभिनेता सत्यराजले दीपिकाका बुवा र एक डनको भूमिका निभाएका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार