Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

७ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भोजपुर। ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिका घर भएका ३४ वर्षीय धन बहादुर बिष्ट रहेका छन् । उनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार भोजपुर षडानन्नद नगरपालिकास्थित खेतमा ती बालिकालाई बिहीबार धनबहादुरले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077