Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लागूऔषधसहित एक जना पक्राउ

धनगढी । कैलालीको धनगढीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

धनगढी उप–महानगरपालिका–३ बोराडाँडीबाट सोही ठाउँका २७ वर्षीय अशोक पाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनको साथबाट ११ ग्राम लागूऔषध (ब्राउन सुगर) फेला परेको प्रहरीले बताएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको टोली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीलाई पक्राउ गरेको हो।

पालमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077