Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लागूऔषधसहित ६ युवा पक्राउ

काठमाडौं । मकवानपुरको हेटौँडाबाट प्रहरीले लागूऔषधसहित ६ युवालाई पक्राउ गरेको छ। हेटौँडा उपमहानगरपालिका ९ मास्टरचोकबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सुनसरी घर भई हेटौँडा–९ मास्टरचोकमा डेरा गरी बस्ने २५ वर्षीय विशाल विक, सोही ठाउँ बस्ने २० वर्षीय राज खत्री, २३ वर्षीय रोमन थापा मगर, २१ वर्षीय निरन राई, २२ वर्षीय प्रजेन महर्जन र हेटौडा–१० बस्ने १८ वर्षीय सुमितकुमार बानियाँ छन्।

विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले विशाल विकको कोठा चेकजाँच गर्दा लागूऔषध फेला परेको प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए।

उनीहरुको साथबाट नाइट्राजेपाम ९७ ट्याब्लेट, नेमाडोल १ सय ४८ क्यापसुल, स्टगन १६ ट्याब्लेट, सिओना २ सय १२ ट्याब्लेट र १६ ग्राम गाँजा बरामद गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077