Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

केपी ओलीलाई भन्दा धेरै वजनको माला लगाइदिने भन्या छन्: मन्त्री झाँक्री

काठमाडौँ । शहरी विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई कार्यकर्ताहरुले एमाले अध्यक्ष केपी ओलीलाई भन्दा धेरै वजनको माला लगाइदिने दाबी गरेकी छन्।

मन्त्री झाँक्रीले हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसँगको कुराकानीमा यस्तो दाबी गरेकी हुन् । यसअघि पौष ८ गते बिहीबार ओलीलाई पर्सामा भएको एक कार्यक्रममा १५१ किलोको मालाले स्वागत गरिएको थियो

यक्ष प्रक्षको युट्युबमा सार्वजनिक गरिएको हाइलाइट भिडियोमा प्रस्तोता बानियाँले कति किलोको लगाउँदै हुनुहुन्छ भन्ने प्रश्नमा मन्त्री झाँक्रीले कहिले र कहाँ भने खुलाइनन्। यद्यपि १५१ किलोभन्दा धेरै हुने उनको आशय थियो।

प्रस्तोता बानियाँले विवादित बनेको पिर्के सलामीदेखि भ्रष्टाचारको प्रश्नको जवाफमा आफूले कहिल्यै भ्रष्टाचार नगर्ने र सलामीबारे आफूलाई ज्ञान नभएको बताइन्।

झाँक्रीसँगको अन्तरवार्ता आज राति ९ बजे हिमालय टेलिभिजनमा प्रसारण हुनेछ । उक्त भिडियोको क्लिप अहिले युट्युवमा हजारौंले हेरेका छन्।

https://www.youtube.com/watch?v=7GCHEG8IacM

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077