Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषधसहित दुईजना पक्राउ

कैलाली । कैलालीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले धनगढी उप–महानगरपालिका २ विश्वनाथ मन्दिर नजिकबाट २ जनालाई पक्राउ गरेको हो।

सोहि ठाउँ बस्ने २५ वर्षीय दिपेन्द्र सिंह र सोहि ठाउँका ३३ वर्षीय नितेश ओली पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनिहरुको साथबाट ४ ग्राम ६५० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले बताएको छ। उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077