Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्पेनिस सुपर कप : बार्सिलोनालाई हराउँदै रियल फाइनलमा

एजेन्सी । बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । साउदी अरबमा खेलिएको खेलमा अतिरिक्त समयमा रियलले बार्सालाई ३-२ गोलअन्तरले हराएको हो ।

निकै रोमाञ्चक बनेको एल क्लासिकोमा रियलले खेलको २५ औँ मिनेटमा करिम बेन्जेमाको पासमा भिनिसिस जुनियरले रियललाई अग्रता दिलाएका थिए ।

तर, पहिलो हाफ सकिन लाग्दा लुक डि योङले खेल बराबरी गरे । दोस्रो हाफमा बेन्जेमालाई पुनः रियललाई अग्रता दिलाए तर लगत्तै अन्सु फातीले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

अतिरिक्त समयमा फेडेरिको भालभर्डेले गोल गर्दै रियललाई जीत दिलाए । बिहीबार अर्को सेमिफाइनलमा ला लिगा च्याम्प्यिन एथ्लेटिको म्याड्रिड र एथ्लेटिक बिल्बाओबीच हुनेछ ।

विजेताले आइतबार रियादमा हुने फाइनलमा रियलको सामना गर्नेछ । रियल १२ औँ पटक स्पेनिस सुपर कप जित्ने दाउमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077