Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने युवकलाई जन्मकैद

रसुवा । जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत रसुवाले एक युवालाई जन्मकैदको फैसला सुनाएको छ ।

नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चले घर भई रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बस्दै आएका २१ वर्षीय यमप्रसाद भट्टराईलाई उक्त सजाय दिइएको हो ।

जिल्ला अदालतका न्यायाधिश राजेन्द्र नेपालको एकल इजलासले उक्त फैसला सुनाएको तहसिलदार गोपी विश्वकर्माले जानकारी दिए । भट्टराईले ६ वर्षीया बालिकालाई गत वर्ष माघमा जबर्जस्ती करणी गरेका थिए ।

उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा १ र २ तथा उपदफा ३ को (क) बमोजिम दोषी ठहर गरिएको हो ।

भट्टराईलाई जन्मकैदका साथै रु ६ लाख जरिवाना र पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077