Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । काठमाडौंमा नाबालिकालाई जबरजस्ती करणी गरी फरार रहेका एक जना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-१ स्थायी घर भई हाल ललितपुर पाटन सुन्धारा बस्ने २१ वर्षीय सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमार्फत विभिन्न धाक धम्की र ब्ल्याकमेल गरेर नाबालिकालाई जबरजस्ती करणी गरी फरार अवस्थामा रहेका श्रेष्ठलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाण्डौंले जनाएको छ ।

उनले नक्कली फेसबुक एकाउन्ट बनाएर  बारम्बार भिडियो कल गरी संवेदनशील अंगहरु देखाउन लगाई भिडियो कल रेकर्ड गर्नुका साथै स्कुलमा साथीहरु तथा घर परिवार समेतलाई उक्त भिडियो देखाउँछु र सामाजिक सञ्‍जालमा भाइरल बनाउँछु  भन्दै धम्की दिएका थिए ।

यही पुस २७ गते उनले बुढानीलकण्ठ नजिकै रहेको एक निर्माणाधीन घर पछाडि भेट्न बाध्य बनाई नाबालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए । उनलाई आज पक्राउ गरी महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077