Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१३ करोड रोयल्टी नतिरी अमेरिका भाग्न खोजेका क्यासिनो संचालकलाई मन्त्री आलेले रोके

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल सरकारलाई १३ करोडभन्दा बढी रोयल्टी नतिरी भाग्न लागेका क्यासिनो संचालकलाई विमानस्थलमै रोक लगाएका छन्।

मन्त्रालय स्रोतका अनुसार मन्त्री आलेले निर्देशनपछि क्यासिनो संचालक अमेरिकी नागरिक माइक बोलसोवरलाई रोयल्टी नतिरी भाग्न लागेको अवस्थामा त्रिभुवन विमानस्थलस्थित अध्यागमनले रोकेको हो ।

पर्यटन विभागले क्यासिनो संचालन गरेबापत बुझाउनुपर्ने रोयल्टी र नवीकरण शुल्क नबुझाएसम उनलाई नेपाल छाड्न नदिने निर्णय गर्दै रोकेको स्रोतको भनाइ छ।

माइकले काठमाडौंको सांग्रिला होटल र बुटवलको टाइगर टप्समा क्यासिनो संचालन गरेका माइकले करिब १३ करोड राजश्व तिर्न बाँकी रहेको छ।

पछिल्लो समय पर्यटनमन्त्री आले र सचिव न्यौपानेले रोयल्टी नबुझाउने क्यासिनो संचालकको तीनपुस्ते विवरण सार्वजनिक गर्दै कारवाही अघि बढाएका छन् ।

यस्तो छ रोयल्टी नतिर्नेहरुको सूची:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077