Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहरी विकासमन्त्री झाँक्रीद्वारा १०० दिनको काम र आगामी योजनाहरु सार्वजनिक

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो एक सय दिनको काम र आगामी योजनाहरु सार्वजनिक गरेकी छन्।

मन्त्री झाँक्रीले सोमबार मन्त्रालयमा एक पत्रकार सम्मेलनको आयोजना गरेर अहिलेसम्म नीतिगतलगायतका क्षेत्रमा गरिएका काम र आगामी कार्ययोजनाका बारेमा आफ्नो योजना सार्वजनिक गरेकी हुन्।

सम्मेलनमा मन्त्री झाँक्रीले प्रदेश र संघीय सरकारी निकायबीच नै समन्वय नहुँदा सोचेअनुसार काम गर्न नसकिएको प्रस्ट पारिन् । सहरी क्षेत्रमा बसोबास गर्ने आमजनमासको अपेक्षालाई मध्यनजर गर्दै आफूले काम गरिरहेको उनको दाबी थियो।

धेरै जनअपेक्षा अर्मूत हुने भन्दै मूर्तरुप दिनका लागि चुस्तदुरुस्त हिसाबले मन्त्रालयले काम गरिरहेको उनले बताइन् ।

‘बागमती नदीको बहाव सफा गर्ने काम पनि गर्दैछौं । सार्वजनिक जमिनको दोहन गरिएको ठाउँलाई क्लियर गर्न निर्ममता पूर्वक अघि बढ्छौं', मन्त्री झाँक्रीले भनिन्, 'शहरी प्रदुषण र फोहोर मैलाको कुरा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा ल्यान्डफिल्ड साइट निर्माणलगायतको कामलाई अघि बढाइएको छ।'

मन्त्री झाँक्रीले मन्त्रालयले देशभर नै रहेका नगरपालिका लगायतको ठाउँमा अध्ययन गरेर फोहोर मैलाको व्यवस्थापन गर्ने भन्ने विषयमा मन्त्रालयले काम गरिरहेको बताइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077