Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चन्द्रागिरिमा चक्कु प्रहार गरी २६ बर्षीय युवकको हत्या, दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा चक्कु हानेर एक युवकको हत्या भएको छ ।

महानगरीय प्रहरी वृत्त, चन्द्रागिरी स्रोतका अनुसार मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको हो ।

हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले अनुज बस्नेत र अशोक बस्नेतलाई पक्राउ गरेको छ ।  प्रहरी स्रोतकाका अनुसार सामान्य विवादमा झगडा हुँदा उनीहरुले रिजाललाई चक्कु हानेका थिए ।

शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077