Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली नोट बनाउन प्रयोग हुने कागजसहित दुई जना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले नक्कली नोट बनाउन प्रयोग हुने कागजातसहित दुई जनालाई पक्राउ गरेको छ।

महोत्तरीको जलेश्वर नगरपालिका ३ स्थित सीमा इलाकाबाट नक्कली नोट बनाउन प्रयोग हुने ३३ बण्डल कागजसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका १ का २३ वर्षीय असरक महोमद धोबी र जनकपुर उपमहानगरपालिका ६ का २६ वर्षीय मोहमद मुजाहिद रेजा छन्।

बा २१ च ६७६१ नम्बरको कारमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा एक हजारको ६ सय वटा, पाँच सयको १८ सय वटा र एक सयको ९ सय वटा कागज फेला पारिएको हो।

पक्राउ परेका दुवैजनालाई थप कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077