Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा २६ जनाको मृत्यु

एजेन्सी । पश्चिमी अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ।

अधिकारीहरुले दिएको जानकारी अनुसार सोमबार काडिस बाडघिस प्रान्तको काडिस जिल्लामा भूकम्पको कारण घर भत्किँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ।

बाडघिस प्रान्तका प्रवक्ता बाज मोहम्मद सारवारीले भूकम्पको कारण मानवीय क्षतिको पुष्टि गरेका छन्। यूएस जियोलोजिकल सर्वेका अनुसार उक्त भूकम्प ५.३ म्याग्निच्युड मापन गरिएको छ। ‘भूकम्पमा परी मृत्यु हुने २६ जनामाध्ये ५ महिला र ४ बालबालिका छन्’, सरवारीले भने।

थप ४ जना मानिसहरु घाइते भएको उनले बताएका छन्। सरवारीका अनुसार उक्त क्षेत्रमा अत्यधिक वर्षा पनि जारी रहेकाले उद्धार कार्य पनि प्रभावित भएको छ।

मृतकको संख्या अझै बढ्न सक्ने उनको भनाइ छ। भूकम्प गएको २ घण्टापछि ४.९ म्याग्निच्युडको पराकम्पन गएको थियो।

अधिकारीहरुले दिएको जानकारीअनुसार भूकम्पको कारण ७ सयभन्दा धेरै घरहरु ध्वस्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077