Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नारायणहिटी र धर्मशालापछि हायात होटलमाथि पनि छानबिन गर्ने मन्त्री आलेको घोषणा

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बौद्धस्थित हायात होटलमाथि छानबिन गर्ने बताएका छन् ।

पछिल्लो समय (नारायणहिटी दरबार संग्रालय र पशुपति धर्मशालापछि) हायात होटल परियोजनामा सरकार ठगिएको गुनासो चल्न थालेसँगै मन्त्री आलेले यस्तो बताएका छन्।

हाल कोरोना संक्रमणका कारण आइसोलेशनमा रहेका मन्त्री आलेले आफू निको हुने बित्तिकै यसको छानबिन हुने बताएका छन् । मन्त्री आलेनिकट स्रोतका अनुसार हायात होटलले स्वामित्वमा लिएको सरकारी जग्गा हिनामिना भएको चर्चा चलेपछि छानबिन गर्न लागिएको हो।

यसबारे आफूले भित्रभित्रै छानबिन गरिरहेको र छिट्टै छानबिन समिति गठन समेत गठन गर्ने मन्त्री आलेको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077