Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसियन गेम्समा नेपालको लगातार दोस्रो जित, समूह विजेता बन्दै सेमिफाइनलमा

एसियन गेम्समा नेपालको लगातार दोस्रो जित, समूह विजेता बन्दै सेमिफाइनलमा

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली समूह विजेताको रुपमा एसियाली खेलकुद (एसियाड) छनोटको सेमिफाइनलमा पुगेको गरेको छ।

ओपनर कुशल भुर्तेलको कीर्तिमानी प्रर्दशनमा मलेसियामाथि १६७ रनको फराकिलो जित निकाल्दै नेपाली टोली समूह ए को विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो। 

नेपालले दिएको २ सय ७६ रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १ सय ८ रन मात्र बनाउन सक्यो।

मलेसियालाई कम स्कोरमा रोक्न शेर मल्लले ४ ओभरमा १४ खर्चेर ३ विकेट लिए। सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, दीपेन्द्र सिंह ऐरि र कुशल मल्लले समान एक विकेट लिए।

मलेसियाका लागि कप्तान सयाद अजिजले सर्वाधिक ५४ रन बनाए। सरभिन मुनिएन्डीले १८ रन थपे। ओपनर मुहम्मद हजिक एमानले १३ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

त्यसअघि सिंगापुर नेशनल क्रिकेट मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७५ रनको विशाल योगफल तयार पारेको थियो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले कीर्तिमानी प्रर्दशन गरे। मलेसियाविरुद्ध शतक प्रहार गरेका कुशल टि ट्वान्टी आई मा नेपालका लागि लगातार दोस्रो शतक हान्ने पहिलो खेलाडी बने। २५ बलमा अर्धशतक पूरा गरेका कुशलले ४४ बलमा शतक पूरा गरे। उनले ४४ बलमा १० चौका र ७ छक्का सहयोगमा शतक पूरा गरेका थिए।

मलेसियाविरुद्ध ५४ बलमा १४ चौका र ८ छक्का सहयोगमा १ सय २६ रन बनाएका कुशल क्याच आउट हुन पुगे।

आशिफ शेख ६८ रन बनाउँदै आउट भए। उनले २४ बलमा ५ चौका र ७ छक्का हाने। कप्तान दीपेन्द्र सिंह ऐरिले ११ बलमा १ चौका र ४ छक्का सहयोगमा ३१ रन बनाउँदा क्याच आउट हुन पुगे।

सन्दीप जोराले १५, लोकेश बलमे १० रन थपे। कुशल मल्ल ९ र सोमपाल कामी १ रनमा अविजित रहे। मलेसियाका लागि विरनदिप सिंहले ३ विकेट लिए। सयाद अजिज र विजय युन्नीले समान २ विकेट लिए।

समूह चरणको आफ्नो पहिलो खेलमा चीनलाई हराएका नेपाल र मलेसियाले यसअघि नै एसियाड स्थान बनाइसकेका छन्।

पहिलो खेलमा दुवै टोलीले चीनलाई हराएका थिए । नेपालले २२१ रनले पराजित गरेको थियो । मलेसिया नौ विकेटले विजयी भएको थियो ।

यसैबीच नेपालसँग हारका बाबजुद पनि मलेसियाले समुह उपविजेताको रुपमा अन्तिम चारमा स्थान पक्का गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077