Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओमानलाई ८ विकेटले हराउँदै नेपाल एसियन गेम्स छनोटको फाइनलमा

ओमानलाई ८ विकेटले हराउँदै नेपाल एसियन गेम्स छनोटको फाइनलमा

आइतवार , जेठ २४, २०८३

काठमाडौं । नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै एसियन गेम्स क्रिकेट छनोटको फाइनलमा प्रवेश गरेको छ ।

सिङ्गापुरको सिङ्गा ओभल मैदानमा भएको खेलमा नेपालले उत्कृष्ट बलिङ र सहज ब्याटिङ प्रदर्शन गर्दै फाइनल यात्रा सुनिश्चित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रनमै अलआउट भयो। ओमानका कप्तान सुफ्यान महमुदले सर्वाधिक ३८ रन बनाए पनि अन्य ब्याटरले ठूलो योगदान दिन सकेनन्।

ओमानका शीर्ष क्रमका ब्याटर सस्तैमा आउट भए। ओपनर मोहम्मद अलि अकबर ९ रनमा पेभिलियन फर्किए भने शुयब इस्मेल र नावेद अब्दुल माजिदले खाता नै खोल्न सकेनन्। जुबेर अलि अख्तरले २२ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका बलरहरूले सानदार प्रदर्शन गरे। करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछाने र सोमपाल कामीले २–२ विकेट लिए। कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी र साहब आलमले १–१ विकेट लिए।

९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ९.२ ओभरमै २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। ओपनर कुशल भुर्तेल २० रनमा आउट हुँदा आसिफ शेख १ रनमै पवेलियन फर्किए।

त्यसपछि लोकेश बम र कप्तान रोहित पौडेलले पारी सम्हाल्दै जित सुनिश्चित गरे। लोकेश बम ४४ रनमा अविजित रहे भने उनले २६ बलमा ७ चौका र १ छक्का प्रहार गरे। रोहित पौडेलले २० बलमा २ चौका सहित २१ रनमा अविजित रहे।

नेपालले अब मलेसिया र हङकङबीचको दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077