Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओमानविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, ओमानको सातौं विकेट पतन

ओमानविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, ओमानको सातौं विकेट पतन

आइतवार , जेठ २४, २०८३

काठमाडौं । एसियन गेम्स छनोट अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले ओमानसँग टस हारेर फिल्डिङ गरिरहेको छ ।

सिंगापुर नेस्नल क्रिकेट गाउन्डमा ओमानका कप्तान सुफ्यान मेहमदले टस जितेर नेपाललाई बलिङको निम्तो दिएका हुन् ।

नेपाल समूह एक विजेताको रुपमा सेमीफाइनल खेल्न लागेको हो भने ओमान समूह बी को उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको थियो ।

नेपालले समूह चरणमा चीन र मलेसियालाई हराएको थियो। ओमानले भने समूह बीमा रहेर बहराइन र सिङ्गापुरलाई हराउँदा हङकङसँग पराजित बनेको थियो।

यो समाचार तयार पार्दासम्म नेपालले १५ ओभरमा ७ विकेट झारेको छ । ओमानले ७९ रन बनाएर खेलिरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077