Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

फाइनलमा हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

फाइनलमा हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

सोमवार , जेठ २५, २०८३

काठमाडौं । एशियाली खेलकुद छनोट प्रतियोगिताको उपाधिका लागि नेपालले फाइनलमा हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । 

सिंगापुर नेस्नल क्रिकेट ग्राउन्डमा नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएका हुन् । 

दुवै टोली अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा छन् । नेपालले समूह चरणमा मलेसिया र चीनलाई हराएको थियो । सेमिफाइनलमा नेपालले ओमानमाथी ८ विकेटको रवाफिलो जित निकाल्दै फाइनलमा पुगेको हो।

यता, हङकङले समूह चरणमा ओमान, बहराइन र सिंगापुरलाई हराएको थियो । सेमिफाइनलमा हंङकङले मलेसियालाई ६ विकेटले हराएको थियो।

यसअर्थ दुवै टोली उपाधिको दाबेदारका रूपमा रहेको छन्। जारी प्रतियोगितामा नेपाली खेलाडीको उत्साहजनक प्रदर्शन र सेमिफाइनलको रवाफिलो जितले नेपाली टोली उच्च लयमा रहेको देखिन्छ। 

यसअघि नै सेमिफाइनलमा पुगेका नेपाल र हङकङ सहितओमान र मलेसिया पनि २० औं संस्करणको एसियाली खेलकुदका लागि छनोट भैसकेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077