Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दुबईबाट आएका युवालाई अपहरण गर्ने ३ जना पक्राउ

काठमाडौँ । दुबईबाट आएका व्यक्तिलाई अपहरण गरेर बन्धक बनाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा काठमाडौँ तारकेश्वनर नगरपालिका-८ जरङ्खु बस्ने ३२ बर्षीय सन्जोग राई, ३० बर्षीय रमेश अर्याल र मकवानपुर घर भइ काठमाडौँ बसन्तनगर बस्ने ३१ बर्षीय गोकुल गिमिरे रहेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुले सिरहा सखुवानाकारकट्टी-५ का ३० बर्षीय रामेश्वर रामलाई गत असोज ८ गते अपहरण गरेका थिए।

असोज ८ गते बिहान दुबईबाट नेपाल आएका रामेश्वर काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बल्खुस्थित होटल कञ्चनजञ्घामा गई बसेका थिए । सोही समयमा उनीहरुले रामेश्वरलाई अपहरण गरी ठमेल ज्याठास्थित होटल प्लेजरमा बन्धक बनाई कुटपिट गर्ने, ज्यान मार्ने धम्की दिने, सेवन गरेका चुरोटका ठुटाहरुले पोल्ने जस्ता कार्यहरु गरेर यातना दिने गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको एसपी मैनालीको भनाइ छ।

एसपी मैनालीका अनुसार सोही साँझ उनीहरुको पन्जाबाट भाग्न सफल भएका रामेश्वरले दिएको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो। उनीहरुमाथि जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077