Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रुसले जुनसुकै बेला युक्रेनमाथि आक्रमण गर्नसक्छ : अमेरिका

एजेन्सी । रुसले जुनसुकै बेला युक्रेनमाथि आक्रमण गर्न सक्ने अमेरिकाले दाबी गरेको छ। रुसले युक्रेन सीमामा ठूलो संख्यामा सेना परिचालन गरेको उल्लेख गर्दै ह्वाइट हाउसका प्रवक्ता जेन साकीले यस्तो दाबी गरेकी हुन्।

‘युक्रेनको हालत अत्यधिक खतरनाक देखिएको छ,’ उनले भनेकी छन्। अमेरिकी विदेश मन्त्री एन्टोली ब्लिंकनले मंगलबार यस मुद्दामा रुसी समकक्षी सेर्गेई लाभारोभसँग टेलिफोन संवाद गरेको उनले जानकारी दिइन्।

दुई नेताबीच शुक्रबार थप कुराकानी हुने बीबीसीले जनाएको छ। ‘उनीहरू आर्थिक प्रतिबन्ध चाहन्छन् कि चाहँदैनन् भन्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसका नागरिकले तय गर्नुपर्छ,’ साकीले भनिन्।

नेटोले पनि रुसले युक्रेनमाथि आक्रमण गरेमा चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ। रुसले आक्रमण गरेमा नेटोले युक्रेनलाई आत्मरक्षाका लागि साथ दिने नेटो महासचिव जेन्स स्टोल्टनबर्गले बताएका छन्।

जर्मन चान्सलर ओल्फ सोल्जले पनि ‘अर्गानाइजेसन फर सेक्युरिटी एन्ड कोअपरेसन इन युरोप’को सदस्यका नाताले युक्रेन सीमामा जारी तनाव कम गर्न रुसले तदारुकता देखाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077