Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रहरीमाथि आक्रमण गर्ने लुटेराको समूह पक्राउ

जनकपुर । लुटेरालाई नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि आक्रमण गर्ने समूहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको बटेश्वर गाउँपालिका –४ स्थित राम्रो चोकमा लुटपाट भइरहेको सूचनाको आधारमा लुटेरालाई नियन्त्रणमा लिन गरेको प्रहरीचौकी बटेश्वरका प्रहरी सहायक निरीक्षक मनोज पोखरेलमाथि लुटेरा समूहले गएराति आक्रमण गरेको थियो ।

लुटेरा समूहको आक्रमणमा परी घाइते प्रहरी सहायक निरीक्षक पोखरलेको टाउकोमा १२ टाका लागेको र उनको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका चन्द्र यादव, राजजीवन ठाकुर, कमलेश यादव, रामबाबु यादव र नरेश रविदासलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।

महोत्तरीको भङ्गाहा नगरपालिका–७ निवासी अमित पासमान भारतको मद्रासबाट कमाएर फर्किदै गर्दा लुटेरा समूहले उनीसँग भएको नगद रु ४५ हजार, लत्ताकपडा, मोबाइल सेटसहितका सामान लुटपाट गरिरहेको खबर पाउनासाथ प्रहरी सहायक निरीक्षक पोखरेलसहितको प्रहरी टोली घटनास्थलमा पुगेर लुटेरा समूहलाई पक्राउ गरेको थियो ।

यसपछि सोही समूहले उनीमाथि आक्रमण गरेको प्रहरी उपरीक्षक बस्नेतको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077