Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

टाउकोको मूल्य 'तोक्नेदेखि गिड्ने'सम्म सरकारमा छन्: रामचन्द्र पौडेल

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक दलका नेताहरुले देशलाई नै बन्धक बनाएको आरोप लगाएका छन् । व्यक्तिगत स्वार्थका कारण देशलाई बन्धक बनाउन नहुने पौडेलको भनाइ छ ।

नेता पौडेलले हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसँगको कुराकानीमा यस्तो आरोप लगाएका हुन् । आफू काममा विश्वास गर्ने व्यक्ति रहेको भन्दै नेता पौडेलले पछिल्लो समय नेपाली राजनीतिमा अस्थिरता पैदा भएको बताए।

यस्तै, फरक प्रसंगमा नेता पौडेलले पछिल्लो समय सरकारमा टाउकोको मूल्य 'तोकिनीदेखि गिडिनी''सम्म रहेको बताए। प्रस्तोता बानियाँले गरेको प्रश्नको जवाफमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को उदाहरण समेत दिए।

देश विकासका लागि स्थिरता, सुशासन, समावेशीलगायतका कुराहरु समावेश हुनुपर्ने नेता पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077