Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषधसहित तीन जना पक्राउ

कैलाली । कैलालीको धनगढीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

धनगढी उप–महानगरपालिका– २ ट्राफिकचोकमा दोर्णबहादुर रावलले सञ्चालन गरेको ग्लोबल मोबाइल ग्यालरीमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका प्रहरीले ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी–५ का पसल सञ्चालक दोर्णबहादुर रावल, वडा नम्बर २ बस्ने वर्ष २९ का टेक बिष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन फेला परेको बताइएको छ। प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077