Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पीसीआर परीक्षणको शुल्क नलिन सरकारसँग नेविसंघको माग

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन विद्यार्थी संगठन संघले कोभिड–१९ को पीसीआर परीक्षण पूर्ण रुपमा निःशुल्क गर्न माग गरेको छ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिना शुक्रबार बिहान विज्ञप्ति जारी गरी हाल संक्रमण दर उच्च भएको र परीक्षण व्यापक बनाउनुपर्ने देखिएकाले देशभरका स्वास्थ्य संस्थामा निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।

‘प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाइएको सकारात्मक कदमको सह्राना गर्दै पीसीआर परिक्षण पूर्ण निःशुल्क गराउन सरकार तथा स्वास्थ्य मन्त्रालयसँग माग गर्दछु’, विज्ञप्तिमा भनिएको छ।

स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाएर सरकारी अस्पतालमा ८०० रुपैयाँ र निजी अस्पताल तथा ल्याबहरुले १५०० रुपैयाँ शुल्क तोकेको छ। यसअघि सरकारीमा १००० रुपैयाँ र निजीमा २००० रुपैयाँ शुल्क तोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077